free website hit counter

कोरोनाका कारण जापानमा ७० हजार मानिसले रोजगारी गुमाए

beemaadmin
२०७७ कार्तिक २४, सोमबार

टोकियो । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक जापानको श्रम बजार कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । यहाँको श्रम मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म जापानमा कोरोना संक्रमणको असरकै कारण ७० हजार भन्दा धेरै व्यक्तिले जागरि गुमाईसकेका वा गुमाउने अवस्थामा छन् ।

मन्त्रालयको तथ्यांकमा रोजगारी सम्झौता नवीकरण नभएको, जागिर गुमाएको वा अन्य कारणले काम छाड्नु परेकोले काम गुमाएकाको संख्या ७०,२४२ उल्लेख भएता पनि यो संख्या धेरै बढी रहेको ठानिएको छ ।

अक्टोबर ३० सम्मको सर्वेक्षणले सबै भन्दा धेरै निर्माण क्षेत्रमा काम गर्नेहरुले आफ्नो रोजगारी गुमाएको देखाउँछ । निर्माण क्षेत्रमा कार्यरत १२,९७९ व्यक्तिहरुले रोजगार गुमाएका छन् । त्यसपछि रेष्टुरेन्ट र पबका १०,४४५ कामदारहरूले रोजगारी गुमाएका छन् भने खुद्रा क्षेत्रमा ९,३७८ जनाले र होटल क्षेत्रमा कार्यरत ८,६१४ जनाले जागिर गुमाए छन् ।
जापान सरकारले कर्मचारीहरुको जागिर जोगाउन र ब्यबसाय जोगाउनको लागि व्यवसायीहरुलाई सरकारी राहत लिनका लागि अनुरोध गरिरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार