free website hit counter

कोरोनाकै कारण गयो २० वर्षीय सैनिकको ज्यान

beemaadmin
२०७७ आश्विन १०, शनिबार

काठमाडौं। युवा त्यसमा पनि सेनाका जवान त्यसै पनि शरीरिक रुपमा सबल मानिने सैनिक जवानको छाउनी अस्पतातलमा युकोरोना संक्रमणबाट मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत् २० वर्षीय सैनिक जवानको शुक्रबार राति वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। उनलाई असोज ६ गते छारे रोगको लक्षण देखिएर बेहोस् भएको अवस्थामा सैनिक अस्पताल भर्ना गरिएको थियो। उनलाईअस्पतालको सघन उपचार कक्षमा राखिएको अवस्थामै निधन भएको सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ। योसँगै नेपाली सेनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। नेपाली सेनामा कुल संक्रमितको संख्या २ हजार १ सय ९७ पुगेको छ। तीमध्ये ५ सय ३९ जना निको भएका छन् १ हजार ६ सय ५६ सक्रिय संक्रिमत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार