free website hit counter

कोरोनाको उच्च जोखिममा १४ जिल्ला, विद्यालय नबनुन् हटस्पट

beemaadmin
२०७८ बैशाख ३, शुक्रबार

काठमाडौं। दोस्रो लहरको कोरोना भित्रभित्रै भुसको आगोझै फैलिएको नेपालमा पछिल्ला दिनहरुमासंक्रमण तिब्र रुपमा बढेपछि सरकारले देशका १४ जिल्लालाई उच्च जोखिममा राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै काठमाडौंसहित १४ जिल्लालाई उच्च जोखिम भएका जिल्लामा राखेको हो। मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, चितवन, पर्सा, बारा, मोरङ, वागलुङ, दाङ, बाँके, सुर्खेत र कैलालीलाई उच्च जोखिममा राखिएको छ। यी जिल्लाहरुमा संक्रमणको उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द गर्नुपर्ने अवस्था भए पनि बन्द नगरिएको मन्त्रालयले बताएको छ। तर, विद्यालयलगायत भीडभाड हुने क्षेत्रमा सहभागी नहुन अपील गरिएको छ। मन्त्रालयका अनुसार बिहीबारमात्र ४९० जना नयाँ संक्रमित थपिएका छन्।
काठमाडौंलगायतका जिल्लामा बेलायती भेरिअन्टको कोरोना भाइरस फैलिएको भन्दै सरकारले यसअघि पनि कडाइका लागि अनुरोध गरेको थियो। यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय बन्द गर्न सुझाव दिए पनि निजी विद्यालयका सञ्चालकहरुले चेतावनी दिएपछि सरकारले विद्यालय बन्दको निर्णय लिन सकेको छैन। यस्तै सरकारले कोरोना उपचार शुल्कको सीमा पनि तोकेको छ। ५० प्रतिशतभन्दा बढाउन नपाउने गरी निजी अस्पतालले औषधिबाहेक अस्पताल खर्च जटिल बिरामीका लागि ७ हजार रुपैयाँ तोकिको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार