free website hit counter

कोरोनाको पहिलो डोज खोप लगाउने हो ? यहाँ लगाउन पाउन्छ

beemaadmin
२०७८ बैशाख १२, आईतवार

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर उच्च गतिमा फैलिएका बेला चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउनका आइतबारका लागि तीन खोप केन्द्र तय गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आज निजामति अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ। तर भोलिदेखि९सोमबार०बाट भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, र हिमाय अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ। त्यसैगरि, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने बताइएको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार