free website hit counter

कोरोनाको प्रभावबारे युवा ज्योतिष यसो भन्छन्

beemaadmin
२०७६ चैत्र ८, शनिबार

नेपाल शक्ति र शक्ति पिठको देश हो यहाँ ढुङ्गा ढुङ्गामा भगबान र प्रत्येक पाइला पाइलामा मन्दिर छ, र अर्को कुरा जब दुनियाँ २०२० मा दुनियाँ चलिराको छ, हामि २०७६ मा छौ । करिब ५६ बर्ष अगाडि आजको दुनियाँ मा हामि छौँ भने करोडौँ बर्ष अघिको हाम्रो इतिहास छ । तपोभुमि, ज्ञान भुमि, सर्बभुमि हाम्रो देशमा कोरोनो त केहो यो भन्दा हजारौ गुण ठुला महामरि फैलिए पनि केहि हुन सक्दैन । अरु देश बिज्ञानमा अगाडि छ होला तर हाम्रो देश इतिहास र परापुर्बकालको देबिदेबता अगडि छौ ।

मैले कोरानाको बारेमा अध्ययन गरे, किन यसको प्रभाब चिन मा पहिले देखियो, त्यसपछि यसले दुनियाँ मा आतङ्क मचाउन थल्यो । यसको ठुलै प्रभाब इटालि, भारत र अमेरिकामा देखियो । शक्तिशाली देश पनि यो बाट आतङ्कित भए । र कोसैले पनि यसको समधान पत्ता लगाउन असमर्थ भए । यो कुरा धुर्ब सत्यनै हो घाम पुर्बबाटै उदाउँछ, इन्द्रेनिमा सात रङ्नै हुन्छ । त्यसै गरि आजसम्म कुनै पनि देश ले कुनै पनि भाइरसको ठ्याकै समाधन पत्ता लगाउन सकेको छैन । जस्तै ज्बरो, रुघाखोकि, हैजा ।

किन चीन र इटालिमा कोरोनाको बढि प्रभाब ?
केतु र मंगल बिनास र अन्त्यको समय यी दुबै देशमा चलेको छ । यसको अन्त्य यी देशहरुमा सेप्टेम्बर १० भित्र । पाप धेरै नै बढे पछि यी ग्रहको प्रभाब बढ्छ ।

कोरोनाको महामरि नेपालमा कहिलेसम्म ?
कोही आत्तिनु पर्दैन हामी सुरक्षित छौ । बुध र चन्द्रमाको राम्रो प्रभाब हाम्रो देशमा छ । यर्थात हाम्रो देशमा दुइ शक्तिशाली अति राम्रो ग्रहको प्रभाब छ । डर मात्र हो खासै ठुलो प्रभाब हुँदैन ।
हामि र हाम्रो देश ग्रहमय अबस्थ र नक्षत्रको अध्ययन गर्दा एकदाम सुरक्षित छौ । यसले हामीमा खासै ठुलो प्रभाब र बिनास गर्दैन । हामि ढुक्क हुँदा हुन्छ ।
यो केबल ज्ञान, अध्ययन भनेको हुँ, अन्यथा नलिनु होला । धन्यबाद ।

  • अर्जुन क्षेत्री

(सामाजिक सञ्जालमा व्यक्त उहाँको निजी विचार)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार