free website hit counter

कोरोनाको समयमा यौन र प्रजनन स्वास्थ्य

beemaadmin
२०७७ बैशाख २६, शुक्रबार

अप्रत्यासित रुपमा आएको कोरोना संकटले गर्दा कहिल्यै नसोंचिएको लकडाउन भएको छ | लकडाउनको कारण मान्छेहरु घरभित्र बस्न बिबश छन् | यातायात नचलेको हुनाले हरेक ठाउँमा सप्लाई घटेको छ | यसको ठूलो मार यौन तथा प्रजजन स्वास्थ्यमा परेको छ |
– परिवार नियोजनका साधनसम्म आम नागरिकको पहुँच टाढा भएको छ | जसले गर्दा अनाबश्यक गर्भधारण बढ्नेछ, जन्मदर बढ्नेछ |
– जोखिम बर्गका धेरै महिला गर्भवती हुनेछन | यसले आमा र बच्चाको स्वास्थ्य थप जोखिमपूर्ण हुनेछ |
– मनोरंजनका साधन र स्थानको सिमितताको कारण यौन सम्बन्ध मनोरंजनको प्रमुख उपाय बन्नेछ |
– असुरक्षित सम्पर्कको कारण धेरैलाई यौनसम्पर्कजन्य संक्रमण बढ्नेछ |
– अनिच्छित गर्भधारणको कारण आकस्मिक गर्भनिरोध चक्की ( Emmergency Contraceptive Pills ) को सेवन बढिरहेको छ | यी औषधिको नियमित सेवन वा धेरै चक्की सेवन गर्दा हर्मोनमा असन्तुलन आएर प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्नेछ |
– असुरक्षित गर्भपतनको कारण धेरै महिलाको ज्यान जानेछ | धेरै महिलाको स्वाथ्य जोखिमयुक्त बन्नेछ |
– अनैच्छिक गर्भधारणको कारण धेरै महिलाको रोजगारी गुम्नेछ, उत्पादकत्व घट्नेछ | यसले थप मानसिक समस्या निम्त्याउनेछ |
– लकडाउन, सामाजिक दुरी, परिवारसंग संगै बस्ने चलन स्थापित हुँदा अबिबाहित जोडीको मानसिक तनाब एबम कुण्ठा थप बढ्नेछ |
– देह ब्यापारबाट लाखौँ परिवार पालिएका छन् | यसको वैश्विक अर्थतन्त्र निकै ठूलो छ | यो ब्यबसाय धरासायी भएको छ | यसले गर्दा मनोरोग बढ्नेछ |
– होटेल, बार, क्लब, क्यासिनो, डान्सबार आदि बन्द हुँदा नाचगान, डेटिङ तथा सेटिंग बन्द हुनेछ | जसको कारण युवायुवतीमा फ्रस्ट्रेसन् बढ्नेछ |
– कोरोना संक्रमणले बढाएको डर, तनाब, असुरक्षाबोध र मनोबैज्ञानिक समस्याले गर्दा वयस्कमा यौनेच्छा घट्नेछ, दुर्बलता हुनेछ | जसले गर्दा पारिवारिक मनमुटाब बढ्नेछ |
– घरेलु यौनहिँसा वृद्धि हुनेछ |
– फरक शारीरिक क्षमता भएका धेरै महिला यौनहिंसाको सिकार हुनेछन् |
– अर्थोपार्जनमा ब्यापक क्षय हुनेछ | जसले गर्दा बिबाह गर्ने समय धकलिनेछ |
– यौन तथा प्रजजन अधिकार ओझेलमा पर्नेछ | यसलाई अत्यावश्यक सेवामा गणना गरिने छैन |
– एचाइभी / एड्सको परिक्षण तथा नियमित औषधि आपूर्तिको चेन तोडिनेछ |

– महिलाको नियमित स्वास्थ्य जांच, पेल्भिक जांच, प्याप स्मेयर परिक्षण आदि प्राथमिकतामा पर्नेछैन | जसले गर्दा पाठेघरको समस्या, प्रजजन अंगको क्यान्सर तथा संक्रमण बढ्नेछ |
– विश्व महामारीको यो समयमा गर्भवतीको नियमित परिक्षण, प्रसव सेवा तथा प्रसबोत्तर सेवा प्राथमिकतामा पर्ने छैनन् | जसले गर्दा होम डेलिभरी ( घरमा बच्चा जन्माउने ), सुबिधा नभएको स्वास्थ्य संस्थामा बच्चा जन्माउने तथा जोखिम मोलेर अस्पतालमा बच्चा जन्माउने बाध्यता हुनेछ |
.
समाधानका उपायहरु :
– कोभिड नियन्त्रण उच्चस्तरीय समिति लगायत हरेक नीतिनिर्माण समितिमा महिलाको समानुपातिक प्रतिनिधित्व गराउने |
– यौनजन्य हिँसा बिरुद्ध कठोर कानुन निर्माण तथा परिपालना गराउने |
– यौन तथा प्रजनन परामर्श सेवाको हटलाइन ब्यबस्था गर्ने |
– प्रसुती एम्बुलेन्सको ब्यबस्था गर्ने |
– महिलाको अस्पताल पहुँचलाई ग्यारेन्टी गर्ने |
– हरेक स्वास्थ्य संस्थामा परिवार नियोजनका साधन पर्याप्त उपलब्ध गराउने |
– हरेक स्थानीय निकायका अस्पतालमा निशुल्क सुरक्षित गर्भपतनको ब्यबस्था गर्ने |
– स्त्री तथा प्रसुती सेवालाई थप बिस्तार र अनिबार्य सेवाको रुपमा प्रबन्ध गर्ने |
– महिला स्वास्थ्यकर्तालाई सुरक्षित प्रसवको तालिम दिइरहने |
– यौन तथा प्रजजन अधिकारलाई मानब अधिकारको रुपमा स्थापित गर्ने |
– रेडियो, एफएम, टेलिभिजन, पत्रिका लगायत संचार माध्यममा यौन तथा प्रजजन स्वास्थ्यको नियमित कार्यक्रम प्रकाशन / प्रसारण गर्ने |
– परामर्श सेवालाई बिस्तार र प्रभावकारी बनाउने ||

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार