अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ | सबैजसो बर्गका व्यक्तिहरु कोरोनाको डरबाट आतंकित भएको अवस्था छ | आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन |
१. कोरोना अहिलेसम्म नेपालमा फैलिएको छैन | फैलिए पनि त्रास मान्नुपर्दैन | कोरोना कमजोर भाइरस हो | कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८५ % लाई सामान्य खोकी, ज्वरो आएर आफै निको हुन्छ | बाँकी १५ % लाई स्वासप्रश्वासको समस्या देखा पर्न सक्छ | उनीहरुलाई अस्पताल जानुपर्ने हुन्छ | उपचारपछि अधिकांश निको हुन्छन | २-३ % लाई मृत्युको डर हुन्छ | २-३ % मृत्युदर धेरै रोगमा छ |
२. कोरोना नियन्त्रण गर्न सरकारले धेरै योजना बनाएको छ | सुरुदेखि नै प्रभावकारी काम गरेको हुँदा अहिलेसम्म जम्मा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ | सरकारले ज्वरो क्लिनिक सुरु गरेको छ | जनचेतना बढाइरहेको छ | हाल दिनमा ५०० जनाको कोरोना संक्रमण टेस्ट गर्ने क्षमता बढाएको छ | बिभिन्न अस्पतालमा आइसीयु र भेन्टिलेटरको संख्या बढाएको छ | स्वास्थ्यकर्मीलाई स्ट्याण्ड बाइ राखेको छ | ६ महिनाको लागि औषधि तथा खाध्य पदार्थको जोहो गरेको छ | चीन तथा अन्य दाता मुलुकबाट आबश्यक उपकरण मगाएको छ | जिल्ला जिल्लामा कोरोना संक्रमण टेस्ट तथा उपचार गर्ने व्यवस्था मिलाउदै छ | आबश्यक परेको खण्डमा पूर्ण लक डाउन गर्ने तयारी गरेको छ | चीन लगायत राष्ट्रले आबश्यक परे जस्तोसुकै सहयोग गर्ने बचन दिएका छन् |
३. ६० बर्ष उमेर कटेका, औषधि खाइरहेका व्यक्तिलाई जोखिम हुन्छ भनेर भ्रम फैलाइएको छ | यो सत्य होइन | सत्य के हो भने, जुनसुकै उमेरका व्यक्तिहरु जो क्यान्सरको अन्तिम स्टेजमा छन् , अंग प्रत्यारोपण गरेका छन्, मधुमेह नियन्त्रण नभएर किड्नी, मुटु लगायत अंगमा असर भएको छ, ब्लडप्रेसर औषधिबाट नियन्त्रण नभएर मुटुको अप्ठ्यारो रोग छ, एचाइभीको औषधिले काम गर्न छोडेको छ …. त्यस्ता व्यक्तिलाई जोखिम छ | जोखिम भनेको मृत्यु होइन | अतिरिक्त ख्याल गर्नुपर्छ भनेको हो | चीन लगायतका देशमा सय बर्ष उमेर पुगेका, दीर्घरोगी तथा एकदम जोखिमपूर्ण स्वास्थ्य भएका निको भएर आरामको जीवनमा फर्केका छन् |
४. बालबालिकालाई संक्रमण हुने डर न्यून छ, मृत्युदर नगन्य छ |
५. हामीले मनोबल नबढाए, विज्ञको कुरामा मात्र विश्वास नगरे, हल्ला र भ्रमले डराए, फेक समाचार पत्याए … हाम्रो जीवन कोरोना भाइरसले हैन मनोरोगले विध्वंश हुन्छ | धेरै मानिसमा त्रासको कारण आत्मबल घटेको छ | स्वस्थ्य जीवनशैली अपनायो भने कोरोनासंग बिल्कुल डराउनु पर्दैन |
६. कोरोनाको त्रासले जीवन असामान्य भएमा मनोविदसंग परामर्श लिन सकिन्छ | आबश्यक परे केहि समयको लागि औषधि खानुपर्ने पनि हुन्छ |
७. योग, ध्यान, नृत्य, संगीत, आर्ट, लेखन, पठन आदिले कोरोना फोबिया हटाउन मद्दत गर्छ |
८. कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउदैन | हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो | तसर्थ अधिकतम समय घरमै बसौं | सकभर अस्पताल, क्लिनिक नजाऔं | त्यहीबाट संक्रमण सर्न सक्छ | सपिंग मल, सार्वजनिक यातायात, मन्दिर आदिमा अहिले नजाऔं |
९. मोबिलिटी घटाउने काम गरौँ | अर्थात सहरमा आत्तिएर गाउँ जाने, गाउँमा आत्तिएर सहर जाने, धामीझाँक्रीकहाँ जाने, घुम्न जाने जस्ता काम नगरौं |
१०. आर्थिक क्षति भए डर नमानौं | अवस्था नर्मल भएपछि त्यो क्षति सन्तुलनमा आउँछ | यो चक्र हो |