free website hit counter

कोरोनाबारे हल्ला फिजाउनेको जरो खोज्दै प्रहरी

beemaadmin
२०७६ चैत्र ८, शनिबार

काठमाडौं । समाज आतंकित भएको बेला अनावश्यक अडियो र भिडियो बनाउँदै सामाजिक सञ्जालमा हाल्नु अपराध हो । यस्ता अपराधी कार्यलाई देशको प्रशासनले कडा भन्दा कडा कारबाही गर्न जरुरी भइसकेको छ । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ । उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए । हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए । सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

सम्बन्धित समाचार

चार लाख पनि छैन भन्दै दीपेश जेल चलान

beemaadmin
२०८१ बैशाख ८, शनिबार

घट्यो वाणिज्य बैंकहरुको नाफा

beemaadmin
२०८१ बैशाख ८, शनिबार

६ वर्षमा ८१ हजारले बढ्यो सुन

beemaadmin
२०८१ बैशाख ८, शनिबार

कुन देशमा कति छ सुन ?

beemaadmin
२०८१ बैशाख ८, शनिबार