free website hit counter

कोरोनाभन्दा दीर्घ रोगले ज्यान जाने खतरा

beemaadmin
२०७७ बैशाख २, मंगलवार

नेपालमा नसर्ने रोगको ठूलो जोखिम दिनप्रतिदिन बढिरहेको छ | मृत्युको कारणमध्ये 66 % कारक नसर्ने रोग हुन् | हामीकहाँ हुने मृत्युमा मुटुको रोगबाट १६ %, दम लगायत स्वाश्प्रश्वासजन्य रोगबाट १२ %, मधुमेहबाट ८.५ %, दीर्घ मृगौला रोगबाट ६ %, कोरोनरी आर्टेरी रोगबाट ३ % भएको नयाँ अध्ययनले देखाएको छ | यो २० बर्ष वा सो भन्दा बढी उमेरका मृतकबाट गरिएको अनुसन्धान हो | यो बाहेक फोक्सो, ओभरी, पाठेघर, आन्द्रा, मुख, घांटी, ग्रन्थी तथा पेटको क्यान्सरले हुने मृत्यु पनि बढिरहेको छ |
नेपालको जनसंख्याको ठूलो हिस्साले उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, बाथ, दम, मानसिक रोग, किड्नीको रोग, थाइराइड सम्बन्धि रोग, पक्षघात, अल्जाइमर, क्षारे रोग, जलबिन्दु, हेमोफिलिया, पार्किन्सन रोग लगायतको औषधि नियमित रुपमा सेवन गरिरहेको छ | त्यस्तै नियमित डाइलाइसिस गरिरहेका, अक्सिजन लिइरहेका बिरामीको संख्या पनि उल्लेख्य छ |
कोरोना संक्रमणको कारण अस्पतालले दीर्घ बिरामीलाई जांच नगर्ने, ल्याब लगायत अन्य परिक्षणको सिमितता, अस्पतालमा चिकित्सकको अभाव, महँगो औषधि, घटेको आय, औषधि अभाव हुनसक्ने अवस्था आदिले गर्दा दीर्घ औषधिसेवीहरु ठूलो जोखिममा रहेका छन् | यदि राज्यले दीर्घ रोगका औषधि स्टक नगर्ने, सर्बसुलभ नगर्ने तथा स्वास्थ्य सेवालाई जनताको पहुँचमा नपुर्याउने हो भने कोरोना संक्रमणले भन्दा दीर्घरोगले धेरै जनाको मृत्यु हुनेछ | जो औषधिले बाँचेको छ, उसको १ दिन औषधि छुट्यो भने रोग जटिल हुने ( हार्ट अट्याक, ब्रेन हेमरेज, मल्टी अर्गान फेलर , मानसिक असन्तुलन हुने आदि ), सबलांग नहुने तथा मृत्यु हुनेको संख्या अकल्पनीय हुनेछ |
..
यो स्थिति रोकथाम गर्नको लागि सरकार गम्भीर गम्भीर भएर तत्कालै केहि काम गर्नु जरुरी छ |
..
– १ बर्ष पुग्ने औषधि सरकारले मेगा टेन्डर गरेर खरिद गर्ने |
– ठूलो मात्रामा खरिद गर्दा परल मुल्य निकै कम पर्छ | त्यो औषधि प्रत्येक सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध गराउने |
– सरकारी संस्थान ( साझा औषधि, सरकारी अस्पतालको फार्मेसी ) बाट एकदम सस्तो मुल्यमा औषधि बिक्रीको व्यवस्था मिलाउने |
– औषधि उद्योगहरुलाई ती रोगका केमिकल किन्न सहजकर्ता बनेर देशमै औषधि उत्पादन बढाउने |
– प्रत्येक जिल्लामा दीर्घरोग उपचार केन्द्र तथा ठूलो जनसंख्या भएका सहरमा केहि अस्पताललाई दीर्घरोग निदान तथा उपचार अस्पताल तोक्ने | त्यहाँ केवल दीर्घरोगको मात्र परिक्षण तथा उपचार गर्ने |
– दीर्घरोगका बिरामीको लागि परामर्श तथा पुनर्स्थापना सेवा उपलब्ध गराउने |
– नसर्ने रोग ब्यापक रुपमा बढ्दै गएकोले मोटोपना घटाउने, रक्सि तथा चुरोट नखाने, व्यायाम गर्ने, पोषिलो खाना खाने, समयसमयमा परिक्षण गर्ने जस्ता आधारभूत बिषयमा जन चेतना बिस्तार गर्ने |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार