free website hit counter

कोरोनाले ज्यान गुमाएका थापा परिवारलाई आइएमई लाइफले दियो २० लाख दावी भुक्तानी

beemaadmin
२०७८ आश्विन ११, सोमबार

काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाएका बीमितका परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतक लक्ष्मणकुमार थापाको परिवारलाई उक्त रहक हस्तान्तरण गरेको हो ।
कोहलपुर ५ का ३४ वर्षिय थापाले बीमा गरेको वर्ष दिन पनि नपुग्दै बैशाख २२ गते कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए । मृतककी श्रीमती हिमा न्यैपानेले यो दुखको घडीमा कम्पनीले छिटो र छरितो रुपमा बीमा दाबी भुक्तानी गराई हाम्रो परिवारको घाउमा मलाम लगाइदिएको भन्दै कम्पनीलाई धन्यवाद व्यक्त गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार