free website hit counter

कोरोनाले बन्दै गरायो कालिमाटीको तरकारी बजार

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

काठमाडौं । कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ । भीडभाड हुने अत्यावश्यक सेवालाई पनि समयानुकुल बनाउने कार्य भइरहेको छ । कालिमाटी तरकारी बजारमा खुद्रा व्यापारका कारण भीड बढेपछि थोक व्यापार मात्रै गर्न दिइएकोमा त्यहाँ पनि भीड बढेको भन्दै उपन्यकाका विभिन्न ९ स्थानबाट तरकारीको व्यापार गर्ने प्रबन्ध मिलाइएको छ । कालिमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिने भएको हो । काठमाडौँ महानगरपालिकाले कालिमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्दको निर्णय गरेको हो । बिहीबारदेखि महानगरले तोकेका बजारबाट मात्रै गरिने जनाइएको छ । महानगरपालिकाले कोरोना भाइरस नियन्त्रण नहुँदासम्मका लागि विभिन्न ९ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालिमाटी समिति र थोक व्यापारीलाई यसअघस नै आग्रह गरिसकेको थियो । तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।
अब काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ९ स्थानबाट तरकारी बिक्री हु्ने छ । कालिमाटीमा तरकारी जम्मा गरिए पनि बिक्री वितरण भने महानगरले तोकेको स्थानबाटै हुनेछ ।

सम्बन्धित समाचार