free website hit counter

कोरोनाले लियो १७ वर्षीया युवतीको ज्यान

beemaadmin
२०७७ आश्विन ४, आईतवार

काठमाडौं । वृद्धवृद्धालाई भन्दा युवाअवस्थाका मानिसलाई कोरोना जित्न सजिलो हुन्छ भनिए पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवतीको मृत्यु भएको कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएकी ती युवतीमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत् उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ। उक्त अस्पतालमा हालसम्म १४ जना संक्रमितको मृत्यु भइसकेको छ। आजै विहान पनि एक जना संक्रमितको मृत्यु भएको थियो। चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। उनीहरुमध्ये १८ जना चितवनका हुन् भने अरु बाहिरी जिल्लाका छन्।

सम्बन्धित समाचार