free website hit counter

कोरोनाविरुद्ध लड्न ५० अर्ब डलर सहयोग

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना भाइरस प्रभावित देशका लागि ५० अर्ब डलर सहायता प्रदान गर्ने घोषणा गरेको छ । कोषले उक्त रकम गरिब तथा मध्य आय भएका देशहरुलाई भाइरससँग लड्नका लागि सहायता स्वरुप उपलब्ध गराउने बताएको छ । कमजोर स्वास्थ्य प्रणाली भएका र रोगसँग लड्न संघर्ष गरिरहेका देशहरुका लागि उक्त रकम उपलब्ध गराउने कोषले जनाएको छ । यसैगरी कोषले भाइरसको प्रकोपसँगै यो वर्षको आर्थिक वृद्धि गत वर्षको तुलनामा पछाडि परिसकेको भन्दै चेतावनी दिएको छ ।
कोषले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वको आर्थिक वृद्धिमा मन्दी आउने बताएको छ । कोरोना भाइरसको महामारी अझै नियन्त्रण नहुने हो भने सन २००८ यताकै आर्थिक मन्दी हुने पनि चेतावनी पनि दिएको छ । भाइरसको प्रकोप चीन बाहिरका ७० भन्दा धेरै देशहरुमा फैलिसकेकाले आपतकालको घोषणा गरिसकेको छ । योसँगै यसै हप्ता कोरोना भाइरसको प्रभाव कम गर्नका लागि विश्वभरका सरकार र त्यहाँका केन्द्रीय बैंकहरुले प्रकृया सुरु गरेका छन् । कोषका म्यानेजिङ डाइरेक्टर क्रिष्टिएन जर्जिभाले कोरोना भाइरसविरुद्ध थप सावधानी नअपनाउने हो भने विश्वका धेरै मुलुकमा आर्थिक मन्दी शुरु हुने र यसले पार्न सक्ने क्षेत्रका बारेमा अहिले केहि अनुमान लगाउन नसकिने पनि चेतावनी दिएकी छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार