free website hit counter

कोरोनासँग लड्न अमेरिकाले ठीक गर्यो ५० अर्ब डलर

beemaadmin
२०७६ चैत्र १, शनिबार

एजेन्सी । कोरानाको संक्रमण विश्वव्यापी भएको छ । साना र अल्पविकसित मुलुक मात्रै होइन विकसित मुलुकलाई समेत कोरानाको संक्रमणले आक्रान्त बनाइरहेको छ । कोरोना भाईरसको संक्रमणले महामारीको रुप लिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति भवन ह्वाइटहाउसमा पत्रकार सम्मेलनको आयोजना गरेर ट्रम्पले अमेरिकाभर संकटकालको घोषणा गरेका हुन् ।

संकटकाल घोषणापछि अब ट्रम्पले ५० अर्ब अमेरिकी डलरको प्रकोप राहत कोष कोरोनासँग जुघ्न प्रयोग गर्ने सक्नेछन् । अमेरिकामा शनिबार बिहानसम्ममा २ हजार ४५ जना कोरोना भाईरसबाट संक्रमित भएको पुष्टी भएको छ । शुक्रबार मात्रै अमेरिकामा ३ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन । अमेरिकामा कोरोनाबाट संक्रमित ४३ जनाले ज्यान गुमाइसकेका छन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार