free website hit counter

कोरोना आक्रान्त अमेरिकालाई चीनले दियो १ हजार थान भेन्टिलेटर

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । अहिले विश्व समुदाय कोरोनासँगको युद्धमा छ । विश्वभर स्वास्थ्य सामग्रीको अभाव चरम रुपमा देखिएको छ । चीन आफू कोरोनाबाट मुक्त भएर विश्वभर आवश्यक स्वास्थ्य सागम्री सहयोग गर्ने अग्रपंक्तिमा देखिएको छ । चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ। न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।
चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ । कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको अभाव छ । यही अभावबीच चीनले भेन्टिलेटर उपलब्ध गराएपछि न्युयोर्क राज्यलाई राहत मिलेको छ ।
अमेरिकी केन्द्र सरकारबाट समेत थप एक सय ४० भेन्टिलेटर उपलब्ध हुने गभर्नर कुमोले बताएका छन् । तिक्ततापूर्ण सम्बन्ध रहेका मुलुकबाट अमेरिकालाई प्राप्त भएको यो दोस्रो सहयोग हो । यसअघि सहयोग सामग्री बोकेको रसियन सेनाको एएन–१२४ नामक विशाल विमान न्युयोर्क विमानस्थलमा ओर्लिएको थियो । जसमा भेन्टिलेटर, मास्कलगायतका स्वास्थ्य सामग्री थिए ।
कोरोना भाइरससम्बन्धी आफ्नो दैनिक ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीका लागि आवश्यक सबै स्रोत र साधन उपलब्ध गराइने बताएका थिए । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमण दर पनि ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै एक लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।
यो संख्या झण्डै इटालीभर फेला परेको कोरोना संक्रमितको संख्याभन्दा मात्रै ११ हजार छ सय ३२ ले कम हो । न्युयोर्क स्टेटका गभर्नर एन्ड्रिउ कुमोले ४ र १४ दिनमा संक्रमण थप बढ्ने बताएका छन् । कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका तीन लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै आठ हजार मानिसको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन छ सय ३० जनाको ज्यान गएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार