free website hit counter

कोरोना आशंकित विरामीले गरे आत्महत्या

beemaadmin
२०७६ चैत्र ६, बिहीबार

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका भारतमा एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् । संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आत्महत्या गर्नेको परिचय खुलाइएको छैन । र, उनले किन यस्तो बाटो रोजे भन्ने पनि अस्पष्ट छ । यद्यपि, कोरोनाको तनावले ती बिरामीले यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो । उनी अस्पतालको आइसोलेसन वार्डमा राखिएका थिए । नमूना संकलन गरेर परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआउँदै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार