free website hit counter

कोरोना कहरकैबीच स्वास्थ्यकर्मी हडतालमा

beemaadmin
२०७७ श्रावण २३, शुक्रबार

एजेन्सी । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि फ्रन्टलाइनमा काम गरिरहेका ३५ लाखभन्दा धेरै स्वास्थ्यकर्मी शुक्रबारदेखि हडतालमा उत्रिएका छन् । तलबमा वृद्धि र पीपीई किट्सको माग गर्दै उनीहरु हडतालमा उत्रिएका हुन् । हडतालमा सामेल सेन्टर फर ट्रेड युनियन्सका सचिव एआर सिन्धुले भने, ‘मुलुकमा कोरोना महामारीको विरुद्धमा जारी लडाइँमा अहिलेसम्म कम्तीमा एक सय स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । तर सरकारले उनीहरुलाई कुनै पनि बिमाको सुरक्षा उपलब्ध गराएको छैन ।’

सामाजिक स्वास्थ्य कार्यकर्ताहरु सामान्यरुपमा आर्थिकरुपमा विपन्न मानिसहरुसँग पुग्ने सरकारको पहिलो स्वास्थ्य प्रतिनिधि हुन् । उनीहरुलाई सरकारी मान्यता पनि हुन्छ । उनीहरुको सेवा स्वास्थ्य सुविधाहरु शून्यको हाराहारीमा रहेको स्थानमा निकै महत्वपूर्ण हुने गरेको छ । सरकारले उनीहरुलाई ग्रामीण क्षेत्रमा घर–घरमा गएर कोरोना संक्रमित खोज्ने काममा खटाएको छ । उनीहरु पनि यो हडतालमा सहभागी भएका छन् । यो हडतालमा १० कर्मचारी संगठन सहभागी भएका छन् । जसमा एम्बुलेन्स ड्राइभर, कम्युनिटी सेन्टर्समा खाना बनाउने मानिसहरुको प्रतिनिधित्व गर्ने युनियन पनि सामेल छन् । यीमध्ये अधिकांश मानिसहरु राज्य सरकारको कन्ट्र्याक्टमा सीमित तलबमा काम गर्दै आएका छन् । भारतमा पछिल्लो समय निरन्तर कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् । कोरोना भाइरसका संक्रमितको हिसाबमा भारत तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । स्रोत : बीबीसी

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार