free website hit counter

कोरोना कहरबीच पनि एलआईसी नेपालको नाफा बढ्यो, सबै सूचांक सकारात्मक

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं । कोरोना कहरका बीचमा पनि लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले आफ्ना सबै सूचांकमा प्रगति गरेको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्दै कम्पनीले आफ्ना सूचांकहरुमा प्रगति गरेको देखाएको हो ।

विवरण अनुसार गत आवमा झण्डै १५ अर्ब अर्थात १४ अर्ब ८३ करोड ८५ लाख २५ हजार २९१ रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा १३ अर्ब ३४ करोड ७१ लाख १७ हजार ३७६ रुपैयाँ आर्जन गरेको थियो । कोरोना महामारीका बीच सो कम्पनीले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको भन्दा करिब डेढ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । त्यस्तै कम्पनीको कूल बीमा शुल्क आर्जन १४ अर्ब ९२ करोड ३८ लाख ५९ हजार छ ।

अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ४१ करोड १७ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको थियो कम्पनीको कूल बीमा शुल्क समेत बृद्धि भएको छ । गत आवको असार मसान्त सम्ममा एलआईसी नेपालले तीन अर्ब ७४ करोड पाँच लाख ७१ हजार ९५६ रुपैयाँ दावी भुक्तानी गरेको छ । मृत्यु दावी भुक्तानी तथा परिपक्व पश्चात गरिएको दावी भुक्तानी अघिल्लो वर्ष तीन अर्ब ३४ करोड ९४ लाख १५ हजार ३३८ रुपैयाँ थियो । त्यस्तै कम्पनीको भुक्तानी हुन बाँकी रकम २० करोड २८ लाख १८ हजार ४० रुपैयाँ छ । अघिल्लो वर्ष दावी भुक्तानी हुन बाँकी रकम १४ करोड ३३ लाख ८४ हजार १३० रुपैयाँ थियो ।

कम्पनीले सञ्चालन अवधीमा ११ करोड ९७ लाख ९१ हजार ९६४ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको मुनाफा १६ करोड भन्दा बढि थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा बढ्ने वा घट्ने हुन सक्नेछ । सोही बमोजिम लेखा परिक्षण तयार हुने हुँदा अहिले प्रक्षेपित मुनाफालाई अन्तिम तथ्याङ्क मान्न सकिदैन । गत आव सम्ममा कम्पनीमा ७ लाख ६२ हजार १६३ वटा बीमालेख कायम छ । गत वर्ष कूल बीमालेखको संख्या सात ७ लाख ९४ हजार ४५१ वटा थियो । कोरोना महामारीको कारण गत चैत्र ११ गतेदेखि चार महिना लामो लकडाउनको असर कम्पनीमा सामान्य रुपमा परेको देखिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार