काठमाडौं । कोरोना कहरका कारण आम मानिस आतंकित छन् । आतंक यतिसम्म छ कि घरको छतमा लुगा धुँँदा होस् या घाम ताप्दा माक्स लगाएकै हुन्छन् । तर त्यही माक्स लामो समय लगाउँदा त्यसले पार्ने अर्को क्षतिको भने कसैले अनुमानै गरेको छैन । लगातार मास्क लगाउँदा शरीरमा अक्सिजनको कमी हुने गर्दछ । जसले रगतमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जान्छ । यति मात्र होइन, लामो समयसम्म मास्क लगाउँदा स्वास्थ्यमा अन्य कैंयौ प्रकारको समस्या निम्त्याउने गर्दछ । मर्निङ वाक होस् या अन्य परिश्रमजन्य काममा रहेका व्यक्तिले माक्सको प्रयोग गर्नु अझै हानिकारक मानिन्छ ।
स्वास्थ्यमा पर्छ यस्तो असर
१. लामो समय मास्क लगाउँदा मास्क भित्र अक्सिजनको कमी भई कार्बनडाइ अक्साइड भरिन्छ । यसले हाई लेवलमा कार्बनडाई अक्साइड स्वासमा भरिन्छ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ ।
२. मास्क लगाएर सास फेर्दा स्वास लिने अनि छाड्ने क्रम चल्दछ । यस क्रममा मास्कका कारणले अक्सिजनको प्रवाह कम हुन्छ र कार्बनडाइ अक्साइडको मात्रा बढेर जान्छ ।
३. यस्तोमा सास फेर्दा कार्बनडाइ अक्साइडलाई पनि अक्सिजनको साथ लिइन्छ । र कार्बनडाइ अक्साइडमा समावेश हुने हाइपर केनियाका कारण टाउको दुख्ने, रिगंटा लाग्ने, ध्यान केन्द्रित गर्न ग्राहो हुने, कानमा आवाज आउने लगायतका समस्या हुने गर्दछ ।
४. आम अवस्थामा वातावरणमा कार्बन डाइअक्साइडको मात्रा ० दशमलव ०४ प्रतिशत हुन्छ तर यो मात्रा बढेर १० प्रतिशतभन्दा बढि भयो भने यसले ज्यान लिन सक्छ ।