काठमाडौं । निर्जिबन बीमामा संकटग्रस्त बनेको कोरोना बीमाको दाबी भुक्तानी १०/११ अर्बको दायित्व अझै बाँकी छ । विविध प्रयासका बाबजुद बीमकहरुले भुक्तानी दिन नसक्दा बीमा बजारमा विश्वासको संकट आइलागेको छ । पछिल्लो चरणमा आक्रामक रुपमा बीमाको बजार विस्तार भइरहेको बेला कोरोना बीमा दाबी भुक्तानी रोकिँदा यसको क्षेत्र साँघुरिन सक्ने चिन्तानको विषय हो ।
बीमा क्षेत्रमा बिसौं वर्ष बिताएका विक्रान्त पाण्डे वीमा क्षेत्रमा विज्ञ नै हुनुहुन्छ । रोकिएको दाबी भुक्तानीको विषयमा चिन्तित भई अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कोरोना दाबी भुक्तानीका विषयमा केही सुझाव दिएको पाण्डे बताउनुहुन्छ । पाण्डेको सुझावअनुसार कोरोनाबाट मृत्यु भएका बीमितलाई बीमाङ्क रकमको १०० प्रतिशत बीमाङ्क रकम भुक्तानी दिने र जसले कोरोनालाई जित्यो उसलाई बीमाङ्कको ५० प्रतिशत रकम र ५० प्रतिशत बीमाङ्क रकम बराबरको बीमा शुल्क कायम हुने गरी घातक रोग सुविधासहित स्वास्थ्य बीमा गरिदिने ।
यसरी दुईवटै सिद्धान्त बोकेर हिँड्दा बीमित पनि सुरक्षित हुने र बीमा व्यवसायप्रतिको विश्वास पनि कायमै रहन्छ । यस विषयलाई अर्थमन्त्रीले चासो दिएको पाइएको छ । जबकि कोरोना बीमा दाबी भुक्तानीमा करको व्यवस्था के छ भनेर सोध्नुभएको बुझिन्छ । त्यसको उत्तरमा पाण्डेले बीमा लेखको शर्तनाममामा करको व्यवस्था नभएको हुँदा पुरै रकम भुक्तानी गर्नु पर्ने सल्लाह दिएको बुझिन्छ । उपरोक्त सल्लाहले बीमाको दायित्वलाई न्युनिकरण गरी जनताको विश्वास जित्न सकिने पाण्डेको विश्वास रहेको छ ।
यसैबीच, नयाँ निर्जिवन बीमा कम्पनी नियोलाइट जनरल इन्स्योरेन्स स्थापनाका विषयमा पनि अर्थमन्त्री शर्मासँग छलफल भएको बुझिएको छ । मन्त्री शर्माले तपाईंजस्तो विज्ञ व्यक्तिले बीमा कम्पनी स्थापना गर्ने योजना बनाउँद आफू सकारात्मक भएको र आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको पाण्डेले अर्थबीमालाई बताउनुभयो ।