free website hit counter

कोरोना नियन्त्रणको विशेष निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

beemaadmin
२०७८ बैशाख १९, आईतवार

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले मुलुक नराम्रोसँग प्रभावित भएको र नियन्त्रणका लागि सरकारले गरेको प्रयास आलोचित भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो । नियमित बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिन अगाडि नै बैठक बोलाएका छन् । कोभिड महामारीको दोस्रो लहर सुरु भएसँगै अस्पतालहरुमा शैयाको अभाव हुन थालेको छ । दैनिक धेरै संख्यामा थपिने गरेका संक्रमितको उपचार गर्न जनशक्ति तथा शैया र अन्य आवश्यक स्रोत सधानको अभाव भएको स्वास्थ्यकर्मीले बताइरहेका छन् । सरकारले गत विहीबार सर्वसाधारणको नाममा अपील जारी गर्दै अस्पतालहरुमा शैया उपलब्ध गराउन नसक्ने अवस्था आएको भन्दै सचेत हुन आग्रह गरिएको थियो । सरकारले राजधानी काठमाडौं उपत्यकासहित देशभरका अधिकांश ठूला शहरहरुमा बैशाख १६ गतदेखि निषेधाज्ञा जारी गरेको छ । आजको मन्त्रिपरिषद बैठकमा यो पछिल्लो अवस्थाको बारेमा छलफल हुने र कोभिड महामारी नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि विशेष निर्णय गर्न सक्ने बताइएको छ । तर, आजको लागि बोलाइएको बैठककको निर्णय भने खुलाइएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार