free website hit counter

कोरोना नियन्त्रणमा सिटिजन्सको साथ

beemaadmin
२०७७ बैशाख २६, शुक्रबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व निवाह गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पर्सा स्थित विर्ता वडा प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाइजर प्रदान गरेको बताएको छ । कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा निकायलाई केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशलाई ७ लाखका दरले ४९ लाखत तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ५ लाख गरि हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ ।
आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार