free website hit counter

कोरोना बीमाको दाबी भुक्तानीले लियो गति, ४० करोड भुक्तानी

beemaadmin
२०७७ मंसिर १०, बुधबार

काठमाडौं । आकर्षक नारा बाँडेर गरिएको कोरोना बीमाको दाबी भुक्तानीमा देखिएको सुस्तता अर्थ मन्त्रालयको तारन्तारको दबावपछि केही गति लिएको देखिएको छ । कार्तिक १८ गते बीमा समितिले एक साता भित्रै दाबी भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएपछि कोरोना बीमाको दाबी भुक्तानी पहिलेको तुलनामा केही बढ्न पुगेको हो ।

कार्तिक १८ गते नै अर्थमन्त्रालयले समितिलाई कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई गरेको भन्दै पत्र लेखेर सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन भनेपछि समितिले हतार हतार बीमा कम्पनीलाई एक साता भित्रै दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो । अर्थमन्त्रालयले समितिलाई र समितिले बीमा कम्पनीलाई ताकेता गरेपछि कछुवा गतिमा हुँदै आएको कोरोना बीमाको दाबी भुक्तानी दर बढ्न थालेको हो ।

Advertisement
Advertisement

कार्तिक १८ गते यता मात्रै २ हजार ७०० वटा दाबी भुक्तानी गरेको नेपाल बीमक संघको तथ्यांक छ । ‘बीमा समितिको निर्देशन आएपछि मात्रै हामीले २ हजार ७०० वटा दाबी भुक्तानी गरेका छौं । त्यस अघि १७ सय वटा दाबी भुक्तानी गरिएकोमा अहिले ४ हजार ४०० वटा दाबीको भुक्तानी भइसकेको बीमक संघका सचीव चंकि क्षेत्रीले बताएका छन् ।

Advertisement
Advertisement

बीमक संघका अनुसार हाल सम्म ४० करोड रुपैयाँ बराबरको कोरोना बीमा वापत दाबी भुक्तानी गरेको छ
दाबीका लागि आवश्यक कागजपत्र सहित प्रकृया पुगेकाहरुको एक साता भित्रै दाबी भुक्तानी भइरहेको उनको भनाई छ । हाल सम्म करिब सवा २ अर्बको दाबी परेपनि अधिकाँसले दाबीका लागि आवश्यक कागजपत्र नबुझाएको उनले बताए । कोरोना बीमाबाट हालसम्म १८ लाख जना बीमितबाट एक अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको बीमक संघको जनाएको छ ।
बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गते देखि कोरोना बीमालेख बिक्री सुरु गरेका थिए । समितिले सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै ५० हजार र एक लाख रुपैयाँ बीमांकको दुई बीमालेख बिक्री गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचार