free website hit counter

कोरोना बीमाको ३ दिनभित्रै भुक्तानी !

beemaadmin
२०७७ मंसिर १८, बिहीबार

काठमाडौँ। कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया लम्बिइरहेको बेला बीमा समितिलाई कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्रै गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भेरीफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन ३ दिनभित्रै सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएको हो ।

कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।

Advertisement
Advertisement

हाल कुनकुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन अर्थमन्त्रालयद्वारा जारी पत्रमा भनेको छ ।

Advertisement
Advertisement

पत्रमा भनिएको छ, कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।

सम्बन्धित समाचार