free website hit counter

कोरोना बीमाबारे बीमा समितिले भन्यो, प्रक्रिया पुगेका सबै दाबीको भुक्तानी हुन्छ

beemaadmin
२०७७ मंसिर २५, बिहीबार

काठमाडौं । कोरोना बीमा दाबी भुक्तानी सहज हुन नसक्दा बीमितिले सास्ती खेप्नु परेको भन्दै अर्थ मन्त्रालयले नियामक निकाय बीमा समितिलाई धेरै पटक ताकेता गरिसकेको छ । समितिकै कमी कमजोरीका कारण बीमितले समयमा दाबी भुक्तानी नपाएको निश्कर्ष अर्थ मन्त्रालयले निकालेरै बीमा समितिलाई पटक पटक दाबी भुक्तानीप्रक्रिया सहज, सरल र छिटो बनाउन निर्देशन दिइरहेको बेला बीमा समितिले कोरोना बीममा भएको प्रगति बारे सबै जानकारी सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार, कागजात पुरा भएका दाबी संख्या १७,२३५ रहेको छ । जसमा भेरीफिकेशन लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या ४,१५२ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरीफिकेशन भएर आएको संख्या जम्मा २,४९३ रहेको जनाइएको छ । यसैगरी दाबी भुक्तानीको विवरण संख्या ८,१४५ छ भने सबै कागजात पुरा भई भुक्तानी गर्न बाँकी संख्या ९,०९० रहेको बताउँदै कागजात नपुगी पुनः निर्जीवन बीमा कम्पनीहरुमा फिर्ता भएको दाबी संख्या १,१३६ रहेको बताइएको छ ।

Advertisement
Advertisement

समितिले कम्पनीमा कार्यरत कर्मचारी एवं बीमा समितिमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमण देखिएका बेला अवरूद्ध हनु पुगेका दाबी भुक्तानी केलाउँदा नै अहिले केही ढिलाई भएको स्वीकार गर्दै उक्त अवधिको दाबी भुक्तानीका लागि यो महिनामा सबैभन्दा बढी चाप पर्न गएको र यो चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रकृया संचालन हुने स्पष्ट पारेको छ । बीमा भनेको नै क्षति हुँदाको असल सारथी भएकोले सम्पूर्ण बीमित वर्गले दाबी भुक्तानी प्राप्त हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Advertisement
Advertisement

 

समितिकाे पत्रमा के छ ?

सम्बन्धित समाचार