free website hit counter

कोरोना बीमामा नक्कली दाबी पर्न थालेपछि समिति बन्यो, २५ हजारले गरे दाबी

beemaadmin
२०७७ मंसिर ९, मंगलवार

काठमाडौं । कोरोना बीमामा भुक्तानीका लागि दाबी पर्ने क्रम थपिँदो छ भने त्यस अनुरुपमा भुक्तानी प्रक्रिया सहज नहुँदा दाबी गर्नेको संख्या बढेको बढ्यै छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी प्रक्रियालाई सहज बनाउन नियामक निकाय बीमा समितिलाई निर्देशन दिए पनि त्यसको सहज कार्यान्वयन हुन सकेको देखिँदैन ।

कोरोना बीमाको लागि ठूलो मात्रामा नक्कली रिपोर्ट बनेको भेटिएपछि केही प्रयोगशालालाई सरकारले स्पष्टीकरण समेत सोधिसकेको छ ।

बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले नाम रुजु गर्न थालेको छ । त्यसका लागि महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

बीमा समितिसँग समन्वय गरेर सो समितिले काम थालेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको बताइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गर्ने गर्दछ।

समितिका संयोजक अधिकारीले भनेका छन्, सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्दछौं, दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गरिन्छ ।

गलत रिपोर्ट दिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताएका छन् । अहिलेसम्म करिब २५ हजार जनाको बीमा दाबी परेको छ ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार