free website hit counter

कोरोना बीमाले गति लियो, १३ हजारले लिए दाबी भुक्तानी

beemaadmin
२०७७ पुष ६, सोमबार

काठमाडौं । अर्थ मन्त्रालयको पटक पटकको दबावपछि कोरोना बीमाको दाबी भुक्तानीले गति लिएको छ । पछिल्लो समय कोरोना बीमाकै कारण बीमा व्यवसायमाथि नै प्रश्न उठ्न थालेपछि बीमा समितिको पहलमा कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियालाई गति दिइएको हो । कोरोना बीमाको दावी भुक्तानीले तीव्रता पाएको छ । बीमा समितिले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार कूल १३ हजार ८३५ जनाले एक अर्ब ३५ करोड १८ लाख ७५ हजार रुपैयाँ कोरोना बीमा दावी भुक्तानी बापत बुझेका छन् ।
प्रक्रिया पुरा भई बीमा समितिमा पुगेको कूल २५ हजार जना मध्ये १३ हजार जनाले रकम बुझिसकेको बीमा समितिले जनाएको छ । सो मध्ये एक हजार ८९२ वटा फाईल प्रक्रिया नपुगेका कारण कम्पनीमै फिर्ता गरिएको छ । गत सातासम्म दोहोरो दावी परेका ५० जनालाई कोरोना बीमाको दावी भुक्तानी नदिने निर्णय गरिएकोमा अहिले सो संख्या बृद्धि भई ६८ पुगेको छ । उनीहरुले दुई वटा कम्पनीमार्फत बीमा गराई दोहोरो दावी भुक्तानीको लागि कागजात पेश गरेका थिए । कोरोना बीमाको दावी भुक्तानी दोहोरो लिन नपाउने व्यवस्था छ । त्यस्तै, तीन हजार १११ वटा फाईल स्वास्थ्य सेवा विभागबाट प्रमाणिकरण नभई पेण्डिङमा रहेको बीमा समितिले जनाएको छ ।
समितिका अनुसार हालसम्म २५ हजार ७७५ जनाको फाईल कागजात पूरा भई प्राप्त भएको र सो मध्ये आवश्यक अनुसन्धान गरी दावी भुक्तानी गर्ने चरणमा रहेको बीमा समितिले जनाएको छ ।

सम्बन्धित समाचार