free website hit counter

कोरोना संक्रमणका कारण भारतमा पहिलो मृत्यु

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बननिरहँदा छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट पहिलोपटक एक जना मानिसको ज्यान गएको छ । भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको हो । भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए । साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ । कोरोना संक्रमण फैलन थालेसँगै भारतले सतर्कता अपनाएको छ । उसले बुधबारमात्रै १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार