free website hit counter

कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल, लकडाउनको समय बढाउन सुझाव

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । एकै दिन तीन जना कोरोना संक्रमित भेटिएसँगै नेपाल दोस्रो चरणमा पुगेको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । उनको ट्राभल हिस्ट्री छैन । यसअघि नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना देखिएको थियो । तर, कैलालीमा भने बाहिरबाट आएका व्यक्तिबाट घरमै रहेको अर्को व्यक्तिलाई सरेको पाइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको नेपालमा पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने, संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । त्यसैले हामी दोस्रो चरणमा प्रवेश गरेका छौं । यसलाई हामी लोकल ट्रान्समिसन भन्छौं । विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार लोकल ट्रान्समिसनलाई कोरोना संक्रमणको दोस्रो चरण भनिन्छ । दोस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने डा. देवकोटा बताउँछन् । डा. देवकोटाले नेपालमा कोरोना संक्रमण फैलिने थप जोखिम बढेपछि क्वारेन्टाइनमा बस्ने अवधि बढाउनुपर्ने देखिएको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार