free website hit counter

कोरोना संक्रमणबाट नर्स सावित्री भट्टराईको निधन

beemaadmin
२०७८ जेष्ठ ५, बुधबार

काठमाडौं । कोरोना कहरले विश्व आतंकित भएका बेला विरामीलाई पुनर्जीवन दिन ज्यान जोखिममा राखेर खटिएका स्वास्थ्यकर्मी अहिले जोखिम मोलेरै काममा खटिएका छन् । कोरोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको निधन भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते नर्स भट्टराईको निधन भएको जानकारी दिनुभयो । उहाँ पछिल्लो समय विराटनगर नोवेल हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो । यस्तै नर्स चुनुमैंया श्रेष्ठको वैशाख २९ गते हृदयघातका कारण निधन भएको छ । श्रेष्ठ नर्सिङ संघ शाखा पाल्पा संस्थापक सचिव हुनुन्थ्यो । संघले दुवै नर्सको निधनप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार