free website hit counter

कोरोना संक्रमणबिरुद्ध आशाका किरण देखिएका छन्

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धानकर्मी तथा लाखौँ प्रयोगशाला लागि परेका छन् | सयौं ल्याबका खोप प्रि क्लिनिकल चरणमा छन् भने दर्जनौं ल्याबका खोप मान्छेमा क्लिनिकल ट्रायल गरिंदै छ | त्यस्तै औषधि उपचारमा एकरुपता ल्याउन बिश्व स्वास्थ्य संगठनले Promising drugs for Covid-19 को Listing गरेको छ | आशा छ, विश्वको सामुहिक प्रयत्नले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्नेछ | यो लेखमा केहि आशाका किरणहरु बुँदागत रुपमा उल्लेख गरिएको छ |
..
– लकडाउन र सामाजिक दुरी बिभिन्न देशमा कोरोना नियन्त्रणको लागि अचुक अस्त्र बनेको छ | हामील सुरक्षित उपायका उपायमा अभ्यस्त भइरहेका छौं | जस्तै: हात नमिलाउने, ह्याण्ड स्यानिटाइजरले हात सफा गर्ने, साबुनपानीले हात धुने, मुहारमा नछुने, खोक्दा तथा छ्युं गर्दा कुहिनामा गर्ने आदि | जसले संक्रमणको चेन तोड्न ठूलो मद्दत गरेको छ |
– जापानी इन्फ्लुएन्जा, स्वाइन फ्लु, इबोला, मलेरिया, एचाइभी / एड्स, निमोनिया आदि रोगमा प्रयोग भएका बिभिन्न औषधि कोरोना संक्रमणमा प्रभावकारी देखिएका छन् |
– परिक्षण, क्वारेन्टाइन र आइसोलेसनले गर्दा कोरोना संक्रमणबाट सिकिस्त हुने बिरामी २० % बाट घटेर ४ % मा आएका छन् |
– कोरोना संक्रमणबाट निको भएका व्यक्तिको plasma संक्रमितमा चढाएर ( plasma Transfusion ) कोभिड – १९ लाई परास्त गर्ने विधिको अनुसन्धान भइरहेको छ |
– विश्व स्वास्थ्य संगठनले The four most promising therapies भनेर एन्टीभाइरल कम्पाउण्ड Remdesivir, एन्टी मलेरियल औषधि chloroquine तथा hydroxychloroquine र एचाइभी एड्समा प्रयोग भएका दुई औषधिको Combination lopinavir र ritonavir तथा interferon-beta, an immune system messenger जसले भाइरसलाई प्यारालाइज गर्छ, यी ४ औषधिलाई हालसाल कोभिड-१९ मा प्रभावकारी बताएको छ |
– Anti-Tuberculosis therapy , BCG Vaccine, IV antibiotics पनि कोरोना संक्रमणजनित निमोनियामा बिभिन्न देशमा प्रभावकारी देखिएका छन् |
– रोग प्रतिरोध क्षमता बढाउने उपायबारे जनचेतना बढेको छ | मान्छेहरु आफ्नो क्षमता र उपलब्धता अनुसार पोषिलो खाना खाने, व्यायाम गर्ने, ८ घण्टाभन्दा धेरै सुत्ने, योग तथा ध्यान गर्ने, बिभिन्न हर्ब्स सेवन गर्ने लगायत गरिरहेका छन् | त्यस्तै भिटामिन सि, जिंक, ग्रिन टि, भिटामिन डी ३ लगायतका सप्लिमेन्टले कोरोना संक्रमण बिरुद्धको युद्ध सजिलो बनाएका छन् |
– खोप आउन १८ महिना लाग्छ भनेकोमा अमेरिकाको Pzfier कम्पनीले जर्मनीसंगको सहकार्यमा ६ महिनामा करोडौंको मात्रामा mRNA vaccine designed to induce immunity and prevent COVID-19 infection खोप निर्माण गर्ने अभियानमा लागेको छ | त्यस्तै Oxford University को Sarah Gilbert, not the one on Rosanne but a professor of vaccinology ले सेप्टेम्बरसम्म खोप ल्याउने ८० % विश्वस्त रहेको बताएको छ | खोपको अनुसन्धान दर्जनौं देशका हजारौं प्रयोगशालामा भइरहेको छ | खोप निर्माणमा एक किसिमको प्रतिष्पर्धा नै भइरहेको छ |
– संक्रमण ब्यापक भएका क्षेत्रका नागरिकमा तथा अन्य संक्रमित व्यक्तिमा हर्ड इम्युनिटी बिकास हुने भएकोले उनीहरु निस्फिक्री काममा जानेछन | छिटो वा ढिलो यो भाइरससंग हामी जम्काभेट भएर यसलाई परास्त गर्नु नै छ: खोपको रुपमा, हर्ड इम्युनिटीको रुपमा वा संक्रमणको रुपमा |
– चीनले आफ्नो परम्परागत चिकित्सा प्रणालीबाट धेरै संक्रमित लाभान्वित भएको बताएको छ | भारतको आयुष मन्त्रालयले बिभिन्न जडिबुटीमा अनुसन्धान गरिरहेको छ | त्यस्तै बिभिन्न देशका आफ्ना परम्परागत चिकित्सा प्रणालीमा अनुसन्धान भइरहेको छ | यो अनुसन्धानलाई क्लिनिकल ट्रयालको तथ्यसहित गाइडलाइन आउनेछ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार