अहिलेको मितिसम्म कोरोना संक्रमण ५६ देशमा पुगेको छ। अहिलेसम्म ८३७३० जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। कोरोना संक्रमणले हालसम् २८४८ जनाको मृत्यु भएको छ भने ३६०१६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म एउटा ठूलो आश्चर्य के छ भने कोरोना संक्रमण संसारका कुनाकुनामा पुग्दा पनि नेपालमा हालसम्म १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । उनी निको भइसकेका छन् । रोकथामका प्रभावकारी उपाय अबलम्बन नगर्दा पनि कोरोना संक्रमण नेपालमा नफैलिनु सुखद आश्चर्य हो । शंकाजीविहरु भन्छन – कतै रोग पत्ता लगाउन नसकेर कोरोना नदेखिएको त हैन ।
कोरोना मुख्यतया एयरपोर्टबाट भित्रिन्छ । हाम्रो एयरपोर्टमा सरकारले सुरक्षाकर्मी, चिकत्सक, स्वास्थ्यकर्मी तथा कोरोना जांच गर्न सक्ने ल्याब आजै स्थापना गर्नु जरुरि छ । हाम्रो जस्तो काण्डप्रधान देशमा कोरोना संक्रमण भित्रियो भने अकल्पनीय अवस्था आउँछ । बिदेशमा स्कुल बन्द गर्ने, फ्लिम हल, सपिंग मल, ट्रेन, बस लगायतका भीडभाडमा जान प्रतिबन्ध लगाइएको छ । भीडमा एकजनालाई मात्र कोरोना संक्रमण रहेछ भने एकैपटक दर्जनौं, सयौं हुँदै हजारौंमा फैलिन्छ। तसर्थ बिना काम भिडभाडमा जानु जोखिम मोल्नु हो ।
औषधिको कच्चा पदार्थ चीनमा बन्ने हो । धेरै उद्योग बुहानमै छन् । ती बन्द अवस्थामा छन् । अरु २ महिना कोरोना संक्रमण नियन्त्रण नभएमा नेपालमा औषधिको अभाव सुरु हुन्छ । अवस्था यस्तो छ कि औषधि केमिकलमा नेपाल भारतमा आश्रित छ भने भारत चीनमा आश्रित छ । यदि औषधिजन्य कच्चा पदार्थ युरोपबाट ल्याउनु परेमा औषधिको मूल्य धेरै गुणा महँगो हुनेछ ।
यति मात्र हैन, कोरोना संक्रमण देखिएमा उत्पन्न हुने कालोबजारी, आधारभूत पदार्थको कृत्रिम अभाव तथा मनोबैज्ञानिक त्रासलाई नियन्त्रण गर्न सरकार अहिल्यै ‘स्ट्या’ण्ड बाइ’ हुनु अत्यावश्यक छ । कोरोना नियन्त्रण नभएसम्म पर्यटक तानातान नगर्नु बुद्धिमानी हुनेछ ।