free website hit counter

कोरोना संक्रमितको दिनदिनै नयाँ रेकर्ड बन्दै, आज मात्रै थपिए ७ हजार बढी संक्रमित, जटिल बन्दै अवस्था

beemaadmin
२०७८ बैशाख १९, आईतवार

काठमाडौं । देशमा झण्डै आधा जिल्लामा लडकउान गरिए पनि कारोना संक्रमणको अवस्था दिनदिनै भयाबह बन्दै गएको छ । सरकारले उपचारका लागि अस्पतालका बेड उपलब्ध गराउन नसक्ने घोषणा गरिरहँदा दिनदिनै ६/७ हजार संक्रमित थपिँदा भोलिका दिन कति भयाबह होला भन्ने अनुमान मात्रै गर्न सकिन्छ ।

पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार