free website hit counter

कोरोना संक्रमितको पक्षमा उभियो सर्वोच्च

beemaadmin
२०७७ आश्विन २९, बिहीबार

काठमाडौँ । रोग लाग्नु अपराध पनि होइन, व्यक्तिको चाहनाले पनि लाग्ने होइन । कोरोना संक्रमितले परीक्ष नै दिन पाउँदैन भन्नु कति न्यायसँगत निर्णय थियो होला ? लोकसेवा आयोग जत्तिको जिम्मेवार निकायले यस्तो निर्णय लिँदा के सोच्यो होला ? तर कोरोना कहरकाबीच लोक सेवा आयोगले तयार पारेको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले कोरोना संक्रमितले परीक्षा दिन नपाउने गरी लोकसेवा आयोगले तयार पारेको परीक्षा सञ्चालन सम्बन्धी मापदण्डमाथि यस्तो निर्देशन दिएको हो ।

मानव अधिकार रक्षक सञ्जालका तर्फबाट दायर रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मापदण्ड संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार विपरीत भएको समेत आदेशमा उल्लेखमा गरेको छ। अदालतले स्वास्थ्य मापदण्ड परिपालना गरेर परीक्षा लिन र सोही अनुसार व्यवस्थापन गर्न पनि आदेशमा भनेको छ। संक्रमितलाई परीक्षा केन्द्रमा रोक्ने मापदण्डले व्यक्तिलाई विभेदित, लाञ्छित र बहिस्करणमा परेको अवस्था उत्पन्न गराउने भएकाले स्वघोषणा नगर्नेतर्फ पनि अदालतले आयोगलाई सचेत गराएको छ।

सम्बन्धित समाचार