free website hit counter

कोरोना संक्रमित नेपालीले गरे बहराइनमा आत्महत्या

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

काठमाडौँ । घर परिवार छाड्नुको पीडा एकातिर छ भने अर्कोतिर रोगको आतंकबीचमा लाखौं नेपाली विदेशी भूमिमा रहेका छन् । बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा बिहीबार आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला आत्महत्या गरेका हुन् । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले आत्महत्याको पुष्टि गरेका छन् । राजदूत सुन्दासले बहराइनमा कोरोना संक्रमितको गुणस्तरीय उपचार भइरहेको जानकारी दिँदै नेपाली समुदायलाई नअत्तालिन आग्रह गरेका छन् । अहिलेसम्म ३ सय ३१ जना नेपालीलाई पोजिटिभ देखिएको हो । त्यसमा धेरैजसो निको पनि भइसकेका छन्, उनले भने ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार