free website hit counter

कोरोना संक्रमित भएका बेला यात्रा गरेपछि सांसदलाई आजीवन जेल सजाय

beemaadmin
२०७७ पुष २१, मंगलवार

एजेन्सी। कोरोना संक्रमित व्यक्तिले अरुलाई बचाउन र संक्रमण नफैलाउन आफू सुरक्षित बसी अरुलाई सुरक्षित बनाउनु पर्ने हुन्छ । कोरोनाभाइरस संक्रमित भएका बेला ट्रेनमा ७ सय माइल यात्रा गरेकी बेलायती सांसदलाई जेल सजाय हुन सक्ने भएको छ । ६० वर्षकी बेलायती सांसद मार्गरेट फेरियरले आफू संक्रमित भएको पुष्टि भएपछि लण्डनदेखि स्कटल्याण्डसम्म ७ सय माइल ट्रेनमा यात्रा गरेकी थिइन् । उनलाई आज पक्राउ गरेर मुद्दा चलाइएको बेलायती अखबार द सनले जनाएको छ ।

फेरियरले आफू संक्रमित भएको पुष्टि भइसकेका बेला गएको सेप्टेम्बर २९ मा लण्डनदेखि ग्लासगोसम्मको यात्रा गरेकी थिइन् । गएको अक्टोबरमा पुलिस अधिकारीले उनीमाथि थप कारवाही नहुने किनकि उनले यात्रा गरेका बेला कोभिड–१९ प्रतिबन्धका नियमहरु लागू नभएको बताएका थिए । तर, आज पुलिसले उनलाई पक्राउ गरेर प्रतिबन्धसम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएका छन् ।
यदि फेरियर दोषी ठहरिइन् भने उनलाई जेल सजाय हुन सक्छ । साथमा सांसदहरुले उनलाई पदबाट हटाउने र उनको स्थानमा अर्को निर्वाचन गराउन माग गर्ने अधिकार पाउँछन् । उनलाई लगाइएको अभियोगमा अधिकतम आजीवन कारावाससम्मको सजाय हुन सक्छ । पुलिस स्कटल्याण्डले फेरियरलाई पक्राउ गरेर मुद्दा चलाइएको पुष्टि गर्दै यसबारे अहिले नै थप जानकारी दिन नसकिने बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार