free website hit counter

कोरोना संक्रमित युवतीलाई जबर्जस्तीको आरोपमा इन्जिनियर पक्राउ

beemaadmin
२०७८ जेष्ठ २३, आईतवार

रोल्पा । कोरोना संक्रमणले मानिस आतंकित बनिरहँदा पनि महिला हिंसाका घटना भने बढिरहेका छन् । रोल्पामा कोरोना संक्रमित एक युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने इन्जिनियर पक्राउ परेका छन् । रुन्टिगढी गाउँपालिकाको होलेरी घर भएकी कोरोना संक्रमित २० वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेलले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।
पीडित किशोरीले उजुरीमा उल्लेख गरे अनुसार कोरोना संक्रमित भएर होमआइसोलेसनमा बसिरहेकी ती युवती धारामा नुहाइरहेकी थिइन् । सोही समय धारामा पुगेका इन्जिनियर पौडेलले युवतीको संवेदनशील अंगलमा सुमसुम्याउँदै जबर्जस्ती करणीको प्रयास गरेका थिए । पौडेल पानी भर्नका लागि भन्दै धारामा पुगेका थिए । धारा एकान्त ठाउँमा भएकाले आफूमाथि उनले जबर्जस्ती करणीको प्रयास गरेको आरोप युवतीको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार