विराटनगर । शाखा विस्तारसँगै सबै ठाउँमा बैकिङ पहुँच पुर्याउने उद्देश्यअनुरुप विराटनगर महानगरपालिका– ७ मा रहेको कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अञ्चल अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
कोशी अस्पतालमा सञ्चालित उक्त एक्स्टेन्सन काउण्टरले सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सेवा दिने बताइएको छ । उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले सो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।