free website hit counter

को हुन् नेपालका लागि भारतीय राजदूत विनय ?

beemaadmin
२०७६ पुष २९, मंगलवार

काठमाडौँ । नेपाल मामिलालाई भारतले निकै महत्वका साथ हेर्र्दै आएको छ । त्यस्तै किसिमका क्षमतावान व्यक्तिलाई नेपाल हेर्ने कुटनीतिक जिम्मेवारी पनि दिँदै आएको छ । आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेर दिल्ली फर्किएका नेपालका लागि तत्कालिन भारतीय राजदूत मञ्जिलसिंह पुरीको स्थानमा भारत सरकारले नेपाल मामलाका जानकार विनयमोहन क्वात्रालाई नियुक्त गरेको छ ।

भारत सरकारको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । यसअघि विनय शक्तिशाली मुलुक फ्रान्सको राजदूत भएर सफलतापूर्वक कार्यकाल सम्हालेका छन् । विनय सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनको एग्रिमो स्वीकृतिका लागि भारत सरकारले नेपालको परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

३० वर्ष भारतीय विदेश सेवामा बिताएका विनयले प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखाको महत्वपूर्ण जिम्मेवारी समेत कुशलतापूर्वक निभाइसकेका छन् । वित्तशास्त्रमा एमफिल गरेका  वियनय अमेरिका र भारतको अर्थराजनीतिका रणनीतिकार मानिन्छन् ।

सम्बन्धित समाचार