free website hit counter

क्यान्सरविरुद्धका अभियन्ता सम्मानित

beemaadmin
२०७८ कार्तिक २७, शनिबार

काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्थाले प्रकाशित गरेको स्मारिका विमोचन तथा पदक वितरण सम्पन्न भएको छ । स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल अर्वुद रोग विनारण संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथि खापुङले स्मारिक विमोचन गर्दै सहयोगी संस्था तथा व्यक्तिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा २०७७ सालका लागि संस्थाका तर्फबाट सानुछोरी स्मृति क्यान्सर सेवा पदकबाट यतिकेम डिष्टिब्यूटर्सका प्रबन्ध निर्देशक पृथ्वीराज वैद्य र भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह सम्मानित हुनुभएको थियो । यसैगरी पुष्पराज राजकर्णिकार रनिङ शिल्ड नेपाल अर्वुद रोग निवारण संस्था उदयपुर शाखालाई प्रदान गरिएको थियो । दुर्गाबहादुर श्रेष्ठ स्मृति उत्कृष्ट शाखा सभापति पदकबाट संस्थाको भक्तपुर शाखाका सभापति श्रीधन राठौरलाई प्रदान गरिएको छ । यसैगरी श्रीमती गोमादेवी बराल स्मृति पदकबाट मध्यमाञ्चल शाखा संयोजक गणेश कोइरालालाई प्रदान गरिएको छ भने अर्वुद रोग पत्रकारिता पदकबाट पत्रकार भविन्द्र कार्कीलाई सम्मानित गरिएको थियो ।
यसैगरी २०७८ सालको सानुछोरी स्मृति क्यान्सर सेवा पदकबाट नेपाल अर्वुद रोग निवारण संस्था चितवनका निवर्तमान सभापति दिनेशकुमार चुके (समाजसेवातर्फ) र भक्तपुर क्यान्सर अस्पतालकी डा. एलिजा श्रेष्ठ (प्राविधिकतर्फ) सम्मानित गरिएको थियो भने दुर्गाबहादुर श्रेष्ठ स्मृति शाखा सभापति पदक कास्की शाखाका सभापति प्रेम भुजेललाई प्रदान गरियो । श्रीमती गोमादेवी बराल स्मृति पदक सिराहा शाखाका सभापति अशोक अमात्यलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका महासचिव विमल होडाले मन्तव्य राख्दै क्यान्सर रोग निवारणका क्षेत्रमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्न संस्था तयार रहेको बताउनुभएको थियो भने अध्यक्ष महेश श्रेष्ठले संस्थाले अहिलेसम्म गरेका गतिविधिका बारेमा प्रकाश पार्र्नुभएको थियो । नेपाल विकास अनुसन्धान परिषद्का कार्यकारी निर्देशक जयकुमार गुरुङले सूर्तिजन्य पदार्थले स्वास्थ्यमा पारेको असरलाई निराकरण गर्नका लागि सूर्तिजन्य पदार्थमा सरकारले अत्यधिक करवृद्धि गर्नु एकमात्र विकल्प रहेको बताउनुभएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार