free website hit counter

क्याबिनेट निर्णयमा मन्त्रीहरु नै रमिते, कसरी छिरे खतिवडा ?

beemaadmin
२०७७ भाद्र ३१, बुधबार

काठमाडौं । मन्त्रिपरिषदमा भएका छलफल र भोलिपल्ट सुनाइएको निर्णय सुन्दा मन्त्रिहरु नै जिल्ल पर्न थालेका छन् । क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै चकित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् भने असोज ५ बाट खुल्ला गर्ने छलफल भएको लामो दुरीका यातायात र आन्तरिक उडान पनि असोज १ बाट खुल्ला गर्ने निर्णय आएको छ ।

बैठकपछि माइन्युट संशोधन गरेर डा. खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त भएका हुन् । यससँगै गम्भीर प्रश्न उठेको छ कि, क्याबिनेट बैठकमा पेश भएका प्रस्ताव र सार्वजनिक हुने निर्णय फरक हुने । सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाए । तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय सार्वजनिक गर्दा १ गतेको कुरा आएको छ ।

डा. खतिवडाबारे भएको निर्णय त बैठकमा उपस्थित मन्त्रीले चालै पाएनन् । अर्थ मन्त्रालयमा डमीका रुपमा एक महिला माननीयलाई राज्यमन्त्रीका रूपमा पठाई प्रधानमन्त्रीका विशेष सल्लाहकारका रुपमा मन्त्रालयचाहिँ डा. खतिवडाले चलाउने
तयारी भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले फेरि आफूखुशी राज्यमन्त्री नियुक्त गर्ने कुरा आएपछि नेकपा बृत्तमा व्यापक विरोध भयो । त्यसपछि उहाँ त्यस्तो कदमबाट पछाडि हट्नु भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार