free website hit counter

क्लासिक टेकका कर्मचारीको कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं । क्लासिक टेक प्रालिले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । विषम परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सुरक्षा उपकरण प्रयोग गर्दै खटिरहेका छन् । त्यसैलाई ध्यानमा राखेर क्लासिक टेक प्रालिले आफ्ना कर्मचारीको कोरोना बीमा गराएको हो । लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, कम्पनी र कार्यालयलाई मात्र इन्टरनेट सेवा जरुरत नभई आमजनताका जीवन मा पनि इन्टरनेटको सेवा अत्याबश्यक भएको छ । यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार