free website hit counter

क्षतिग्रस्त संरचनाको बीमा तत्काल फर्स्योट गर्न निर्देशन

beemaadmin
२०८२ भाद्र २७, शुक्रबार

काठमाडौं । शासकहरुले संयमता अपनाउन नसक्दा मुलुकले अरवौंको क्षति व्यहोर्नु परेको छ । जेनजीको आन्दोलन उग्र बन्दा २३ र २४ गते भएको भौतिक क्षतिको विवरण सक्दो छिटो निकाल्न बिमा प्राधिकरणले निर्देशन दिएको छ। धिकरणले २३ गते भएका बिमितको क्षतिको विवरण संकलन गरेर बुधबारसम्म प्राधिकरणमा बुझाउन सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो। योसँगै सबै बिमा कम्पनीहरूले धन सम्पत्तिमा हुन गएको क्षति र सोबाट पर्नसक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्स्योट गर्न निर्देशन दिएको छ। २३ गतेको जेनजी आन्दोलन र सोपछिका भौतिक संरचनामा भएका क्षतिले बिमा कम्पनीहरूमा सम्पत्ति बिमा, मोटर बिमा दाबी माग बढाउने निश्चित देखिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार