free website hit counter

क–कसको आशिर्वादले ब्यूतिए श्रेष्ठ

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । निलम्बवनमा रहेका र छानविन समितिले समेत दोषी ठहर्याएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको मन्त्रिपरिषद्बाट पुनर्बहाली हुने भएको छ । आफूलाई निर्दोष सावित गर्न शक्ति केन्द्रहरुको दौडधूपमा रहेका श्रेष्ठलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले मात्रै सघाएका थिएनन् कार्यकाल सकिनै लागेका अर्थमन्त्रीले समेत राम्रै साथ दिएको बताइन्छ । तर निर्णय नै उल्ट्याउने गरी साथ दिनेमा भने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल परेका छन् । उनकै सिफारिशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई निर्दोष सावित गर्न निर्देशन दिएको बताइन्छ ।

अनियमितताको आरोपमा श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा छन् । छानविन समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थमन्त्रालयमा प्रतिवेदन समेत बुझाईसकेको थियो । अर्थमन्त्रालयले बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारणहरु नदेखिएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको नियमन विभाग हेर्दै आएका श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, अनियमित काम गरी आर्थिक लाभ लिएको लगायतका आरोप लागेको थियो । डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको आरोप लगाउँदै अर्थमन्त्रालयले छानविन गरी कारबाही गर्न भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । श्रेष्ठमाथि छानविन गर्न भन्दै राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेको छानविन समिति गठन भएको थियो ।

सम्बन्धित समाचार