काठमाडौँ । ग्राहकको सेवा सुविधाप्रति पनि उत्तिकै सजग वित्तीय संस्था एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई १८ लाखसम्मको बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
‘एनएमबि प्रिमियम तलब खाता’मा ग्राहकहरुलाई रु १० लाखसम्मको दुर्घटना मृत्यू बीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाखसम्मको बीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकका लागि रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ७ लाखसम्म बीमा र रु १ लाखसम्मको स्वास्थ्य उपचार बीमा योजना ल्याइएको बैंकले जनाएको छ ।
उल्लेखित खाताहरु शून्य मौज्दातमै खोल्न सकिने बैंकले जनाएको छ । रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ यी दुई खाताको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।