free website hit counter

खाद्य विषाक्तताका मुख्य कारणहरू

beemaadmin
२०७८ आश्विन २७, बुधबार

१. धेरै समय अघि तैयार गरिएको (कोठाको तापक्रम १५० से.ग्रे देखि १८ ० से.ग्रे भित्र भण्डारण गरिएको) खानेकुरा
२. रेफ्रिजरेटरमा राख्नुभन्दा धेरै पहिला चिसो भएको खानेकुरा ।
३. खाद्य विषाक्तताका जीवाणुहरू नष्ट गर्न उच्च तापक्रममा फेरि नतताईएको खानेकुरा ।
४. पकाईसकेपछि संक्रमण भएको खानेकुरा खाँदा
५. नपाकेको खानेकुरा खाँदा ।
६. प्रशस्त समयसम्म पानी ननिकालिएको मासु इत्यादि प्रयोग गर्दा ।
७. काँचो खानेकुराबाट पकाएको खानेकुरा दुषित हुनाले ।
८. ६३ डिग्री सेन्टीगे्रड मुनि भण्डारण गरिएको तातो खानेकुरा ।
९. संक्रमित व्यक्तिहरूको कारणले गर्दा ।
१०. बांकी बचेको खानेकुराको प्रयोगले गर्दा ।
साधारणतया लापरवाही वा अज्ञानता खाद्य बिषाक्तताका कारण बन्दछन् । त्यसैले प्रायः खाद्य विशेषज्ञहरू यो विश्वास गर्दछन् कि खानेकुरा संचालन गर्न व्यक्तिहरूलाई स्वस्थ खाद्यसम्बन्धी शिक्षा दिएर वर्तमान निरास लाग्दो स्थितिलाई कम गर्न सकिन्छ । खानेकुरा संचालन गर्ने अप्रशिक्षित एक व्यक्तिको सानो भूल नै अत्याधुनिक खाद्य क्षेत्रमा समेत गम्भीर खाद्य विषाक्तता फैैलनुको कारण बन्न सक्दछ । सम्पूर्ण खानेकुरा संचालन गर्ने व्यक्तिहरूका लागि सरसफाइ एक जीवनको अङ्ग हुनु पर्दछ । सरसफाई सम्बन्धी राम्रो जानकारी नभएका व्यक्तिहरूले जब आफ्नो पेशा शुरु गर्दछन्, उनीहरूलाई एकपल्ट लागेको खराव बानी हटाउन धेरै गाह्रो हुन्छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार