free website hit counter

खाना जे होला स्वाद बढाउन कोका–कोला

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । यस वर्ष, मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ ।
यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगाएत रहेका छन् ।

कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ ।
यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेका छौं ।

यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ । कोका–कोला कम्पनीले नेपालका मोःमोःउत्सव पारखीहरुका लागि थुप्रै आश्चर्यहरु तयार पारिसकेको जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार