free website hit counter

खानेपानीको बील इसेवाबाट भुक्तानी गर्न सकिने

beemaadmin
२०७८ चैत्र २, बुधबार

काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट कामु उप–कार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी,भक्तपुर,त्रिपुरेश्वर,क्षेत्रपाटी,कीर्तिपुर,वानेश्वर,महांकालचौर,ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सक्छन् । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ । इसेवा प्रयोगकर्ताले मोबाइलबाट र अनलाइनबाट शुल्क भुक्तानी गर्न सकिन्छ । साथै, इसेवा एकाउन्ट नभएका ग्राहकले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सक्छन् ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार