काठमाडौं । आन्दोलनरत सुनचादी व्यवसायी र सरकारबीच सहमति भएको छ । विहीबार सुनचाँदी व्यवसायी र अर्थ मन्त्रालयका पदाधिकारी बैठकमा आन्दोलन स्थगित गर्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए । अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा बोलाइएको बैठकमा सुनचाँदी महासंघ र आन्दोलनरत सुनचाँदी व्यवसायीको उपस्थिति थियो ।छलफलमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका एक सहसचिवले आन्दोलन गरेर जाँदा समस्या समाधान समस्या समाधानधका लागि कार्यदल बनाउने र के गर्दा व्यवसाय गर्न सहज हुन्छ त्यसरी अघि बढाउने सरकारले बताए पनि सुनचाँदी व्यवसायी आन्दोलन रोक्न राजी भएका हुन् । बजेटमा ल्याइएको २ प्रतिशत विलासिता कर र भ्याट खारेजी व्यवसायीको मुख्य माग थियो । यो सँगै विगत २८ दिनसम्म बन्द रहेका सुनचाँदी पस आजदेखि खुल्ने शाक्यले बताए ।