free website hit counter

खुल्यो स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स (सूचनासहित)

beemaadmin
२०७९ आश्विन २, आईतवार

काठमाडौं । संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव खर्चको जोहो हुन थालेको छ । यही चलखेलस्वरुप नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालयको सहमतिमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको छ । निकै विवादपछि सो सूचना प्रकाशित भएको हो । दुईचार दिनअघि नै सूचना तयार भए पनि पक्ष र विपक्षको रस्साकस्सीमा सूचना गायब बनाइएको थियो । बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन दिने म्याद ४५ दिन तोकेको छ भने ब्रोकरको लागि ३० दिन तोकेको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको नियम निर्देशिका तथा अन्य प्रचलित कानुनको अधिनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितोपत्र समबन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले यो सूचना प्रकाशन भएको ४५ दिन भित्र धितोपत्र बजार सञ्चालन गर्ने संघठित संस्था दर्ता गर्न समबन्धित कार्यालयमा बोर्डको सिफारिसका लागि धितोपत्र बजार सञ्चालन निर्देशिका २०७९ मा तोकिए बमोजिम निवेदन निवेदन दस्तुर विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष पेश गर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै ब्रोकरको हकमा पनि प्रचलित कानुन बमोजिम आवस्यक कागजात पुरा गरी तीस दिन भित्र बोर्डमा आवेदन दिन सकिनेछ ।
बोर्डले गत साता मात्रै धितोपत्र बजार सञ्चालन निर्देशिका २०७९ जारी गरी यसको बाटो खुला गरेको थियो । ब्रोकरले उक्त निर्देशिकामा यो निर्दशिका जारी भएको तीन वर्षसम्म ब्रोकर लाइसेन्स खुला गर्न नपाउने व्यवस्था गराउन सफल भए पनि धितोपत्र बोर्डले उक्त निर्देशिकालाई रातारात संशोधन गरी आज लाइसेन्स नै आह्वान गरिदिएको छ । बोर्डले ब्रोकरको हकमा तीन वटा प्रकारमा वर्गिकरण गरिदिएको छ । नयाँ स्टक एक्चेन्जको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ तोकिएको छ । सिमित कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि न्युनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकिएको छ । त्यस्तै पुर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि ६० करोड रुपैयाँ तोकिएको छ । धितोपत्र व्यापारीको हकमा एक अर्ब ५० करोड रुपैयाँ पुर्याइएको छ ।
सिमित कार्य गर्ने ब्रोकरले लाइसेन्सका लागि निवेदन दिदा ५० हजार रुपैयाँ, अनुमतिपत्र दस्तु बापत २५ लाख रुपैयाँ र वार्षिक शुल्क बापत एक लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । त्यस्तै पुर्ण कार्य गर्ने ब्रोकरहरुले लाइसेन्सका लागि आवेदन दिदा एक लाख रुपैयाँ, अनुमतिपत्र दस्तुर बापत ५० लाख रुपैयाँ र वार्षिक शुल्क तीन लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यस्तै धितोपत्र व्यापारीको हकमा निवेदन दस्तुर २ लाख, अनुमतिपत्र दस्तुर एक करोड रुपैयाँ र वार्षिक शुल्क ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । प्रतिलिपि शुल्क भने २५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार